|

काठमाडौं : पछिल्लो २४ घण्टामा १ सय १८ जना संक्रमित थपिएका छन्। देशका विभिन्‍न २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए।

आज काठमाडौं उपत्यकामा ४२ जना संक्रमित थपिएका छन्। काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको हो। आजसम्म जम्मा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

शुक्रबार पिसिआर विधिबाट ४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण भएको छ। आजसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पिसिआर परीक्षण भएको प्रवक्ता डा. देवकोटाले बताए। देशभरका क्वारेन्टाइनमा २३ हजार ९ सय १० जना रहेका छन्।

विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३ जना कोरोना संक्रमित उपचाररत रहेका छन्। शुक्रबार १ सय २० जना गरी आजसम्म ८ हजार ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । 

अस्ति बुधबार देशभर २ सय ५५ र हिजो बिहीबार १०८ जना संक्रमित थपिएका थिए। आज शुक्रबार देशभरबाट १ सय २० जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या आठ हजार ११ जना छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.