|

काठमाडौं : काठमाडौं उपत्यकामा  ४२ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा १, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा १५ र त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा १२ संक्रमित गरी २८ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्‍वर गौतमले बताए। त्यस्तैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भक्तपुरका १ र ललितपुरका १३ जना गरी उपत्यकामा आज कुल ४२ संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १ सय १८ जना संक्रमित थपिएका छन्। देशका विभिन्‍न २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए।

अस्ति बुधबार देशभर २ सय ५५ र हिजो बिहीबार १ सय ८ जना संक्रमित थपिएका थिए। आज शुक्रबार देशभरबाट १२० जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या आठ हजार ११ जना छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.