दैलेख : शुक्रबार कर्णाली प्रदेशभरि थप २७ जनामा कोरोना पुष्टि भएको छ। देशभर शुक्रबार १ सय १८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १५ सय ८८ पुगेको छ।
समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४ जना, डोल्पाका १ जना, सल्यानका १ जना गरी ६ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।
उता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा सल्यानको कुमाख गाउँपालिकाका ९ जना पुरुष र जाजरकोटको शिवालय गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यता दैलेख अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ७ जना, बाजुराका १ जना, दैलेखका २ जना गरी १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेश सुर्खेतको विज्ञप्तिमा उल्लेख छ। प्रदेशमा १३ सय ४७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।