समाज

झुलाघाट नाकाबाट तीन दिनमा १३७ जना भित्रिए

असार २७, २०७७

    बैतडी : भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट तीन दिनमा १३७ जना स्वदेश फर्किएका छन्। यस्तै, सोही नाकाबाट भारत गएर ४३८ जना भारतीय पेन्सनधारी नेपालीहरुले पेन्सन बुझेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।

    लकडाउनका कारण पेन्सन बुझ्न नसकेका नागरिकको समस्यालाई समेत ध्यानमा राखेर बुधबारदेखि शुक्रबारसम्म झुलाघाट नाका खोलिएको थियो। नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा नाका खोलिएको हो। नाका खुला भएपछि नेपालबाट २९ जना भारतीय नागरिक पनि गएका छन्।

    भारतबाट पेन्सन बुझ्ने धेरै नेपालीले अझै पनि पेन्सन बुझ्न बाँकी रहेकाले फेरि नाका खोल्न भारतीय पक्षलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। नाका खोल्न जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको पिथौरागढ प्रशासनलाई पत्र लेखेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]