|

डडेल्धुरा : जताततै हरियाली छाएपछि प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण सुदूरपश्चिमका वनपाखाहरू निकै सुन्दर देखिएका छन्‌।

जब शिशिरयाममा खुइलिएका रुखमा पातहरू पलाउँछन्, तब वनपाखा निकै सुन्दर देखिन्छन्‌। यहाँका हरियाली वनपाखा हेर्दा मन नै रोमाञ्चित हुन्छ।

यो समय कोरोनाका कारण विद्यालयहरु बन्द छन्। विद्यालय जान नपाएका विद्याथीहरु बिहानको खाना खाएर गाइगोरु लगेर वनमा चराउन जान्छन्।

त्यही हरियाली वनपाखामा साथीहरुसँग रमाउँछन् उनीहरु। पहाडका हरिया थुम्का र भित्ताहरूमा चर्दै, उगार्दै, खेल्दै, जुध्दै गरेका पशुहरूको क्रियाकलापले झनै मानिसलाई आल्हादित बनाउँछन्‌।

​तस्बिरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.