मनसुनसँगै सर्प पनि सक्रिय हुने गर्छ

|

भारतमा सर्पले डसेर मात्रै २० वर्षमा १२ लाख मानिसको मृत्यु भएको छ। नयाँ अध्ययनअनुसार भारतमा २० वर्षमा १२ लाख मानिसको मृत्यु भएको हो। ३० देखि ६९ वर्ष उमेर बीचका मानिस रहेका थिए। सर्पको डसाइबाट एक चौथाइ बालबालिकाको मृत्यु भएको छ।

भारतमा रसेल्स वाइपर, करेट र नाग प्रजातिका सर्पले बढी डसेको एक अध्ययनले जनाएको छ। साथै अन्य १२ प्रजातिका सर्पले टोकेर मानिसको मृत्यु भएको हो। सर्पले टोक्दा सामान्य प्राथमिक उपचार नहुने ठाउँमा मानिसको मृत्यु हुने गरेको छ। जुन क्षेत्रमा मेडिकल पनि छैनन् र उपचार गर्नको लागि जान सक्दैनन्। सर्प मनसुनमा बढी सक्रिय हुन्छन्। जुन र सेप्टेम्बर महिनाको बिचमा उनीहरु बाहिर निस्कने गर्छन्। अधिकांश सर्पले खुट्टामा टोक्ने गर्छन्।

साइन्स जर्नल 'ईलाइफ' मा प्रकाशित अनुसन्धानमा भारत र अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिकले तयार पारेका हुन्। भारतको महत्त्वाकांक्षी 'मिलियन डेथ स्टडी' प्रोजेक्टले यस तथ्यांक तयार पारेको थियो।

भारत र दक्षिण एशियामा पाइने 'रसेल्स वाइपर' लाई धेरै मानिसले दुबोइया सर्प पनि भन्ने गर्छन्। यसलाई सबैभन्दा विषालु सर्पको रुपमा लिने गर्छन्। यसले जस्तो जनावरलाई खाएर आफ्नो आहारा बनाउने गर्छ। धेरै जसो मानिसको बसोबास भएको क्षेत्रमा पनि पाइने गर्छ।

भारतमा पाइने करेट सर्प दिउँसो उज्यालोमा शान्त रहने गर्छ। रात परेपछि सक्रिय हुँदै जाने र त्यसपश्चात जुनसुकै समयमा पनि डस्ने गर्छ। यसको लम्बाइ पाँच फिट नौ इन्च हुन्छ। जहाँसम्म अन्य गोमन सर्पले पनि रातको समयमा नै डस्ने गर्छ।

यस प्रकारको सर्पले डसेपछि भित्री रगत पनि बग्ने गर्छ। तत्कालै अस्पताल लानुपर्ने हुन्छ। अध्ययन अनुसार २००१ देखि २०१४ सम्म आठ राज्यमा सर्पले बढी टोकेको थियो। बिहार, झारखण्ड,मध्य प्रदेश,ओडिसा उत्तर प्रदेश, आन्ध्र प्रदेश, तेलंगना, राजस्थान र गुजरात राज्यमा बढी सर्पले डसेका थिए।

अध्ययन अनुसार ७० वर्ष भन्दा कम उमेरका मानिस सर्पको डसाइबाट २ सय ५० मध्येमा १ हुने गर्छ। कुनै-कुनै क्षेत्रमा १ सयमा १ देखि बढी पनि हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.