|

एजेन्सी : टर्कीले विश्व प्रसिद्ध सङ्ग्रहालयलाई मस्जिदमा परिणत गरेको छ। स्थानाबुलको विश्व प्रसिद्ध हागिया सोफिया सङ्ग्रहालयलाई मस्जिदमा परिणत गरेको हो।

शुक्रबार टर्कीको एक अदालतले हागिया सोफिया सङ्ग्रहालयलाई मस्जिदमा बदल्न आदेश दिएको थियो। अदालतको आदेशमा भनिएको थियो, 'हागिया सोफिया अब सङ्ग्रहालय हुने छैन, १९३४ को मन्त्रीपरिषदको फैसलालाई रद्द गरिएको छ।'

राष्ट्रपति रिसेप तैयप एर्डोगानले सङ्ग्रहालयलाई मस्जिद बनाउनको लागि आदेश दिएका थिए। अदालतले सङ्ग्रहालयको हैसियत रद्द गरेलगत्तै राष्ट्रपतिले उक्त घोषणा गरेका हुन्।

अर्दोआनले गत वर्षको चुनावमा चर्चलाई मस्जिद बनाउने घोषणा गरेका थिए। १५ सय वर्ष पहिले इसाई चर्चका रुपमा स्थापित हागिया सोफियालाई सन् १४५३ मा मस्जिदमा परिणत गरिएको थियो।

यो सङ्ग्रहालय विश्व सम्पदाको सूचीमा समावेश थियो। १४५३ मा उस्मानिया सल्तनतले कुस्तुनतुनिया सहरलाई कब्जा गरेर यस चर्चलाई मस्जिद बनाएका थिए।

त्यसपछि सन् १९३० मा यसलाई सङ्ग्रहालय बनाएको थियो। अहिले फेरि सो सङ्ग्रहालयलाई मस्जिद नै बनाइएको हो। अहिले सो क्षेत्र युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ।

हागिया सोफिया विश्वको सबैभन्दा ठूलो चर्चको रुपमा रहेको थियो। यो चर्च छैठौं शताब्दीमा बाइजेन्टाइन सम्राट जस्टनियनको आदेशमा निर्माण भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.