|

काठमाडौं : काठमाडौं महानगरपालिकाले फोहोर र प्रदूषण मुक्त बनाउनका लागि राखेका स्मार्ट डस्टबिनमा थुप्रिएको फोहोर उठ्न छाडेको छ। लकडाउन र कोरोनाको कारण सफाइ कर्मचारी अभाव भएकोले डस्टबिनबाट फोहोर उठाउन नसकिएको कृष्ण सप्लायर्सका निर्देशक हरिस अग्रवालले बताए।

साँझमा फोहोर उठाउने  सम्झौता भए पनि फोहोर उठ्न नसक्दा माइतीघर, सुनधारा, रत्नपार्कलगायत स्थानमा प्रदूषण सुरु भएको छ। काठमाडौं महानगरपालिकाले फोहोर र प्रदुषण मुक्त बनाउनको लागि कृष्ण सप्लायर्ससँग पाँच वर्षको लागि सम्झौता गरेको थियो। सम्झौता अनुरुप महानगरको २५ ठाउँमा स्मार्ट डस्टबिन राखिएको छ।

निर्देशक अग्रवालले अहिले कोभिड-१९ को त्रासले सफाइ कर्मचारीले फोहोर उठाउन नसकेको स्वीकार गरे। उनले भने,'सफाइ कर्मचारी काठमााडौंमा नभएकोले स्मार्ट डस्टबिनबाट फोहोर उठाउन सकिएको छैन।' 

महानगरका अनुसार डस्टबिन जडानमा निजी क्षेत्रले सम्पूर्ण रूपमा लगानी गरेको छ भने त्यहाँ संकलन भएको फोहोर समेत निजी क्षेत्रले नै  नियमित रुपमा संकलन गर्नेछ। यसैबीच, महानगरले डस्टबिनमा फोहोर नफ्याँक्नेलाई कारबाही गर्ने भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.