|

कपिलवस्तु : लकडाउनका कारण व्यापार ठप्प हुँदा मर्कामा परेका कृष्णनगर नगरपालिकामा रहेको राघवेन्द्र कम्प्लेक्सका २५ व्यवसायीको घर भाडा मिनाहा भएको छ। उक्त कम्प्लेक्स कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहको हो। 

‘व्यवसायीको मर्का बुझें, कोरोनाको महामारीले व्यापार चौपट भएको थियो । उनीहरूको अन्य आय स्रोत थिएन। व्यापार नहुँदा तिर्न नसक्ने अवस्था देखेपछि राहत होस् भनी भाडा मिनाहा गरेको छु,’ मेयर शाहले भने।

कृष्णनगरको मुख्य बजार क्षेत्रमा रहेको कम्प्लेक्समा २५ पसल सञ्चालन रहेका छन् । मासिक भाडा मात्र १ लाख बढी सङ्कलन हुने गरेको छ। कम्प्लेक्समा ३ हजारदेखि ८ हजार रुपैयाँसम्म मासिक भाडा रहेको छ। लकडाउनले मर्का परेको बेला मेयर सावको निर्णयले खुसी भएको एकता उपचार केन्द्रको सञ्चालिका अमिता पाण्डेले बताइन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.