|

पर्वत : बिहीबार राति र शुक्रबार बिहानीपख आएको पहिरोमा परी म्याग्दीमा मृत्यु हुनेको संख्या २७ पुगेको छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार शनिबार शुक्रबार र शनिबार साँझसम्म २० जनाको शव भेटिएकोमा शनिबार साँझपछि थप ७ जनाको शव फेला परेको छ। 

जिल्लाको धौलागिरि गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका ७ बिममा गएको पहिरोमा सुरक्षाकर्मीले गरेको खोजतलास तथा उद्धार क्रममा थप ७ जना मृत अवस्थामा फेला परेका हुन।

नयाँ मृत भेटिएकाहरूमा धौलागिरि गाउँपालिकाका हिरामति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौसरा जुग्जाली, बिमा जुग्जाली, विपिन जुग्जाली र दिवान जुग्जाली रहेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.