|

बर्दिया : बर्दिया प्रशासन बाढी रोकथाम र उद्धारको पूर्व तयारीमा जुटेको छ। बाढी आइहाले जोगिनका लागि बर्दियामा बाढीको कृतिम घटना अभ्यास गरिएको हो।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको नेतृत्वमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रस सहितको बाढी उद्धार टोली शुक्रबार ​भादा नदी किनारमा पुगेको थियो। हल्का बाढी चलिरहेको बबई नदीमा सुरक्षाकर्मीले उद्धारको अभ्यास गरेका हुन्‌।

बाढीका बेला हुनसक्ने मानवीय तथा भौतिक क्षति र खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्धेश्यका साथ हरेक वर्षझैँ यस बर्ष पनि बबई नदीको भादामा कृत्रिम घटना अभ्यास आयोजना गरिएको हो।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका अध्यक्ष लिलाधर अधिकारीले कृत्रिम घटना अभ्यासले बाढीका वखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामाग्रीको पुर्व तयारी गर्न सहयोग पुगेको बताए।

यस्ता किसिमका अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारी हुने बताउँदै मनसुन सक्रिय रहेको र बाढी आइहालेमा त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको छ भन्ने संकेत मिलेको उनले जानकारी दिए।

६ नगरपालिका र २ गाउँपालिका गरी ८ पालिका रहेको बर्दियाका सबै पालिकाले सामग्रीसहित पूर्व तयारी गरिसकेको र अभ्यास गर्ने तयारीमा रहेको जनाइएको छ। अविरल वर्षासँगै बबई नदीमा जलस्तर बढ्न सक्ने भन्दै उच्च सर्तकता अपनाइएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताए। बर्दियामा हरेक बर्ष बाढीले क्षति पुर्‍याउने गरेको छ।

२०७१ साल साउन अन्तिममा बबई नदीमा आएको बाढीका कारण ३४ जनाको ज्यान गएको थियो। बर्दियाका अधिकांश भूभाग डुबानमा परेका थिए। बाढीले बारबर्दिया नगरपालिका १ ढुंग्रहवा गाउँ र गुलरिया नगरपालिका ४ को रामपुर टप्पु गाउँ बगाएको थियो। 

त्यतिबेलाका बाढी प्रभावितहरूलाई सरकारले भुकम्प पीडितसरह राहत दिने घोषणा गरेको थियो। तर, बाढी पीडितहरुले केहिले पहिलो किस्ता वापतको राहत रकम पाएपनि बाँकी रकम भने अझै पाएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.