|

काठमाडौं : भारतीय अभिनेता अनुपम खेरकी आमालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

अभिनेत खेरले आफ्नी आमा दुलारी खेरलाई कोरोना भएको जनाकारी सोसल साइट ट्वीटर मार्फत जानकारी दिएका हुन्। उनले आमालाई कोरोना पुष्टि भएपछि भाई बुहारी र अन्य परिवारका सदस्य क्वारन्टिनमा रहेको जानकारी दिएका छन्। आमालाई कोकिला बेन अस्पतालमा भर्ना गरिएको उनले बताएका छन्। 

 

यसअघि भारतीय अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई पनि संक्रमण पुष्टि भएको छ। 

 

भारतमा भयावह बन्दै गएको यस संक्रमणबाट हालसम्म आठ लाख ५० हजार भन्दा बढीमा संक्रमण देखिएको छ भने २२ हजार ६ सय ६७ जनाको ज्यान गएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.