|

काठमाडौं : गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार आज विहान प्रदेशका सात जिल्लामा १५ संक्रमित थपिएका हुन्। आज सबै भन्दा धेरै तनहुँमा ६ जना थपिएका छन्। त्यस्तै बागलुङ, पर्वत र गोरखामा २/२ जना नवलपरासी पूर्व, स्याङ्जा र लमजुङमा एक एक जना थपिएका हुन्।

पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार १ सय ९२ पुगेको छ भने ७ सय २६ जना डिस्चार्ज भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.