|
घिमिरेको वालबाट

काठमाडौं : कलाकार केदार घिमिरे 'माग्‍ने बुढा'ले कलाकारलाई सभ्य तरिकाले आलोचना गर्न आग्रह गरेका छन्। निर्देशक तथा कलाकार दीपाश्री निरौलाले राजेश हमाललाई दिइएको 'महानायक' उपाधिबारे दिएको विवादित टिप्पणीलाई लिएर यस्तो भनेका हुन्। 

एउटा टेलिभिजन अन्तरवार्ताका क्रममा दीपाश्रीले राजेशबारे दिएको उक्त टिप्पणीलाई लिएर चौतर्फी आलोचित भएपछि केदार घिमिरे बोलेका हुन्। उनले दीपाश्रीले राजेश हमाललाई सधैँ सम्मान गर्ने भए पनि जिब्रो चिप्लिँदा अनर्थ हुन पुगेको बताएका हुन्।

उनले नायक हमालसँग दीपाश्रीबाट भएको गल्तीलाई माफी मागेका छन्। फेसबुकमा स्टाटसमा लेख्दै घिमिरेले  कुन गल्तीको सजाय कति? भन्दै प्रश्‍न पनि गरेका छन्।

'कुन गल्तीको सजाय कति भन्‍ने पनि होला नि त छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भाँचेर पठाइदिने? दीपा दिदीको पेटमा पाप छैन तर जिब्रो चिप्लेको चाहिँ पक्कै हो', उनले भनेका छन्, 'अघिपछि राजेश दादाबारे सकारात्मक कुरा गर्ने मान्छे, त्यो दिन दिदीको ठूलै दशा रैछ।' 

दीपाको मन दयालु रहेको पनि उनले बताएका छन् 'उहाँ मनको दयालु हुनुहुन्छ। वर्षेनी १५ जना गरिब बच्चाहरुको स्कुल फि तिरिदिनुहुन्छ', उनले भनेका छन्, 'कोही कलाकार प्राविधिकको दुःखमा पुगिहाल्नुहुन्छ। भलै बैगुन पनि होलान् । गल्ती मान्छे बाट हुने हो, सच्चिएर अगाडि बढ्ने मौका दिनुहोस्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.