दाहाल भन्छन् : हामी दुवै पछुताउने अवस्था टर्यो‍

|

काठमाडौं : सत्तारुढ दल नेकपाका (नेकपा) भित्रको विवाद अहिलेलाई केही मथ्थर देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको असार १४ गतेको अभिव्यक्तिले नेकपा फुटको संघारमा पुगेको थियो।

यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद समाधानका लागि अनेकन प्रयास हुँदासमेत नरोकिएको विवाद तत्काललाई अस्थायी रुपमा ब्रेक लागेको छ। 

पार्टीभित्रको विवाद केही मथ्थर भएको अध्यक्ष दाहालले शनिबार गृहजिल्ला चितवन पुगेर गरेका छन्। ‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क रहेको छु’, उनले भनेका छन्, ‘मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिन समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास दिलाउँछु। मैले हतार गरेको भए दुर्घटना या अर्काे के हुन्थ्यो म भन्न सक्दिनँ।’  

कोरोना महामारीको बेलामा सत्ताधारी दलको किचलो उत्कर्षमा पुगेको बेला देशमा बाढी पहिरोको प्रकोप निम्तिँदा दुई अध्यक्षको विवादले ब्रेक पाएको हो। 

‘मैले प्रधानमन्त्री ओलीसँग चितवन पुगेर आउँछु भनेँ, उहाँले एकदम ठीक सोच्नुभयो भन्नु’भो । अनि मात्रै म चितवन आएँ,’ उनले भनेका छन्, ‘यहाँबाट फर्किएर गएपछि कुरा गर्ने सहमति भएको छ।’ 

पार्टीभित्रको विवादले फुटको संघारमा पुगेको अवस्थामा पछिल्लो पटक बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले जिकिर गर्दै आएका थिए। दाहालले पार्टीभित्रको विवाद समाधान हुने दाबी गरेका छन्। तर, अध्यक्ष दाहालले नेकपा फुटाउन चाहनेले आफूलाई र प्रधानमन्त्री ओलीलाई उचाल्ने गरेको बताइरहे।

‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क रहेको छु’, उनले भनेका छन्, ‘मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिन समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास दिलाउँछु। मैले हतार गरेको भए दुर्घटना या अर्काे के हुन्थ्यो म भन्न सक्दिनँ।’  

अध्यक्ष दाहालको यो अभिव्यक्तिलाई लिएर थप शंका पैदा भएको टिकाटिप्पणी समेत हुन थालेको छ। दुई कम्युनिष्ट पार्टी एक भएर दुईतिहाइ नजिकको शक्तिमा रहेको पार्टी आखिर फुटाउन कसले ओली–दाहाललाई उचालिरहेका छन्? यो प्रश्नले एक पटक फेरि ठाउँ लिएको छ।

त्यसो त पार्टीभित्रको विवाद चरम बिन्दुमा पुगेको बेलामा प्रधानमन्त्री ओलीले शुक्रबार गरेको सम्बोधनमा पनि उनले पार्टीभित्रको विवाद समाधानतर्फ केन्द्रित भएको प्रष्ट हुन्छ। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको भनाइप्रति पार्टीभित्रको विवाद सहमति नजिक पुगेको देखिन्छ।

‘अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ। त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो। महामारी र प्राकृतिक विपत्तिको  समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा होइन,’ उनले भनेका छन्, ‘जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन्। त्यसलाई निष्कर्षमा पुर्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो।’

उनले नेकपाभित्रको विवादलाई नियमित प्रक्रिया भनेका छन्। ‘पार्टीभित्र हुने छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन्’, उनले भने, ‘ यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन्। यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ’ उनले भनेका छन्। 

विवाद समाधानतर्फ  

पार्टीभित्रको विवाद समाधानतर्फ केन्द्रित भएको नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन्। ‘पछिल्ला दिनमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको वार्ता सकारात्मक भएको बुझेका थियौँ’, उनले भने, ‘त्यसैले वार्ता समाधानतर्फ केन्द्रित भएको छ।’

उनले देशमा बाढीपहिरोको संकट आएकाले विवाद पनि उचित नहुने बताए। ‘‘अहिले देशभर कोरोनासँगै बाढी पहिरोको प्रकोपले सताएको छ। सबैको ध्यान त्यहीँ केन्द्रित छ’, उनले भने, ‘पार्टीभित्र विवाद थियो। तर, त्यसमा अहिले सहमति नजिक पुगेको बुझेका छौँ। हामीले पनि सहमतिमा नै वार्ता गरेर विवाद समाधान गर्नतर्फ जोड दिएका हौँ।’

कसले उचाल्दै छ ओली–दाहाललाई?

पाटीभित्रको विवादबीच गृहजिल्ला पुगेका अध्यक्ष दाहालले पार्टी फुटाउन चाहनेले प्रधानमन्त्री ओली र आफूलाई उचाल्ने गरेको तर्क गरे। त्यस बिषयलाई लिएर सामाजिक सञ्जालसहितका विभिन्न टिकाटिप्पणी भइरहेको छ। 

तर, पार्टीभित्रको विवादलाई बल्झाउन कोही सक्रिय भएजस्तो नलागेको स्थायी कमिटी सदस्य मणि थापा बताउँछन्। 

‘पार्टीभित्रको विवादको बेलामा उहाँको तर्क ठीकै हो। तर, विवाद समाधानको एक आधारको रुपमा पनि हामीले त्यसलाई लिनुपर्छ’, उनले भने, ‘पार्टीभित्रको विवादलाई लिएर अहिले सहमतिको प्रयास भइरहेको छ। त्यही समस्या समाधान गर्नुको एक आधारित तर्क मात्रै हो।’

अध्यक्ष दाहालको अभिव्यक्तिलाई लिएर पार्टी विभाजनको लक्ष्यका साथ बाह्य शक्ति चलखेल नगरेको स्थायी कमिटी सदस्य पन्त बताउँछन्। ‘उहाँले कुन सन्दर्भलाई लिएर त्यो अभिव्यक्ति दिनुभयो। मलाई लाग्छ कसैले त्यस्तो खेल खेलेको छैन,’ पन्तले भने। 

के थियो विवाद? 

प्रधानमन्त्री ओलीले नेपाल भारत सिमा समस्यालाई लिएर असार १४ गते सरकार ढाल्ने चलखेल बढेको अभिव्यक्ति दिए। उनले अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै उक्त  कुरा भनेका थिए। त्यही अभिव्यक्तिलाई लिएर दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीको स्थायी कमिटीको राजीनामा समेत माग गरे। 

अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु प्रधानमन्त्रीको राजीनामा माग गरे। तर, प्रधानमन्त्री ओली दुवै पदबाट टसमस नहुने अडानमा रहे। प्रधानमन्त्री ओलीविरुद्ध दाहाल नेपाल समूहले ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेको थियो।

विवाद समाधानका लागि अध्यक्ष दाहाल ०७५ जेठ २ गतेको सहमतिअनुसार अघि बढ्नुपर्ने अडानमा छन्। तर, ओलीले २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न गरेको प्रस्तावमा छन्। ओलीको प्रस्तावमा अध्यक्ष दाहाल सहमत छैनन्। 

‘पार्टीभित्रको विवादको बेलामा उहाँको तर्क ठीकै हो। तर, विवाद समाधानको एक आधारको रुपमा पनि हामीले त्यसलाई लिनुपर्छ’, उनले भने, ‘पार्टीभित्रको विवादलाई लिएर अहिले सहमतिको प्रयास भइरहेको छ। त्यही समस्या समाधान गर्नुको एक आधारित तर्क मात्रै हो।’

मंसिर ४ को सहमतिअनुसार ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी अध्यक्ष चलाउने निर्णय भएको थियो। पार्टीभित्रको विवादका कारण असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित भइरहेको छ। पार्टीभित्रको विवाद चलिरहेको बेलामा देशभर बाढीपहिरोको प्रकोपले गर्दा साउन २ गतेसम्मका लागि स्थायी कमिटी बैठक सारिएको छ। 

राजदूत सक्रियताको अर्थ

नेकपाभित्रको विवादले पार्टी विभाजनको सँघारसम्म पुगेको अवस्थामा विवाद मिलाउन चिनियाँ राजदूत राजदूत होउ यान्छी यतिबेला सक्रिय भएकी थिइन्। यसअघि पनि नेकपाभित्रको विवाद मिलाउन राजदूत यान्छी सक्रिय भएकी थिइन्। प्रधानमन्त्रीको अभिव्यक्तिपछि रुष्ट भइरहेका अध्यक्ष दाहालसहितका नेतासँग परामर्शबिना संसदको चालु अधिवेशन अन्त्य गरेपछि विवाद थप बढ्न पुगेको थियो। 

तर, विवादमा सक्रिय चिनियाँ राजदूत नेकपा भित्रको विवाद चर्किरहेको बेलामा चिनियाँ राजदूतले गत आइतबार नेता नेपालसँग भेट गरेकी थिइन्। 

मंगलबार बिहान राजदूत यान्छीले वरिष्ठ नेता झलनाथ खनाललाई भेटवार्ता गरेकी छन्। राजदूतको सक्रियतालाई लिएर विभिन्न टीकाटिप्पणीसमेत भइरहे। तर, नेकपाभित्र देखिएको विवादमा राजदूत यान्छीको सक्रियताले नै साम्य भएको सहजै बुझ्न सकिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.