|

संखुवासभा : सिलिचोङ गाउँपालिका–१ सिसुवा खोलाको वेसिन्दामा आइतबार रातिको पहिरोमा ११ जना बेपत्ता भएका छन्। अविरल वर्षासँगै गएको पहिरोले ९ घरसमेत बगाएको छ।

स्थानीयबासी, प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवा र ताम्कुबाट नेपाली सेनाले हराइरहेकाको खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए। 

उद्धारमा खटिएका मदन राईको घटनास्थलमै मृत्यु भएको छ। हृदयघातका कारण राईको मृत्यु भएको प्रहरीले जनाएको छ। ​वेसिन्दा गाउँका गोवासिंह राई, राममान राई, जुद्ध बहादुर राई (गैरी), जुद्ध बहादुर राई (माने), नजमाया राई, हर्कराज राई, भिम बहादुर राई, सन्दीप राई, सुभधन राईको घर बगाएको प्रहरी प्रमुख डिएसपी मल्लले बताए। पहिरोले ५ घरका ११ जना बेपत्ता भएका हुन्। 

पहिरोमा ६० वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरीहरु २१ वर्षीया एन्जिला राई (गर्भवती), ११ वर्षीया नम्रता राई बेपत्ता भएका प्रहरी प्रमुख मल्लले जानकारी दिए। 

यसैगरी जुद्धबहादुर राई (गैरी) की ६५ वर्षीया श्रीमती गोरी माया राई र छोरी २२ वर्षीया प्रकृति राई सम्र्पकमा छैनन्। अर्का ५२ वर्षीय जुद्धबहादुर राई (माने) र उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी पनि हालसम्म बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी ७० वर्षीया नजमाया राई, ८४ वर्षीय हर्कराज राई, उनकी श्रीमती ८२ वर्षीया आइतमाया पनि बेपत्ता रहेका छन्। 

चार जनाको जीवितै उद्धार 

पहिरोमा परेका चार जनाको जीवितै उद्धार गरिएको छ। स्थानीयले पहिरोमा परेका गोवासिंह राई, भीमसरी राई, फूलमाया र भीमबहादुर राईलाई सकुशल उद्धार गर्न सफल भएका छन्। अहिले पनि पहिरो गएको स्थानमा लगातार पानी परिरहेको प्रहरीको भनाइ छ। गेवा सिंह राईको घर पूरै बगाएको र उनको बायाँ हात र बायाँतिरको टाउकोमा गहिरो चोट लागेको छ। उनको अवस्था गम्भीर छ। उनकी श्रीमती ६० वर्षीया फूलमाया राई, १४ वर्षीया छोरी भिमसरी सामान्य  घाइते भएका प्रहरीको भनाइ छ। 

त्यस्तै ५५ वर्षीय भीमबहादुर राईको घर बगाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य छ। सन्दीप राई र शुभधन राईको घर बगाएपछि उनीहरु सुरक्षित स्थानतर्फ सरेका छन्। 

सदरमुकामबाट ६० सुरक्षाकर्मी घटनास्थल जाँदै 

बेपत्ता ११ जनाको खोजी तथा उद्धारमा सदरमुकाम खाँदबारीबाट ६० सुरक्षाकर्मी घटनास्थलतर्फ लागेका छन्। बेपत्ताको खोजीका लागि सेनाले विपद् व्यवस्थापनको सामग्रीसहित ३० जनाको टोली खटाएको छ। जनपथ र सशस्त्र प्रहरी गरी ३० जना घटनास्थलतर्फ लागेका छन्। मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान तयारी अवस्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ। 

घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन टाढा पर्छ। यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थल लागेका छन्। पहिरोका कारण वडा कार्यालय र स्वास्थ्य चौकी भवनसमेतमा क्षति पुगेको छ। लगातार पानी परिरहेका कारण उद्दारमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

पहिरोले सदरमुकाम खाँदबारी बजार आसपासका एक दर्जन घर पहिरोको उच्च जोखिममा परेका छन्। त्यस्तै पहिरोले खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको मनकामना वृद्धाश्रममा समेत क्षति पु¥याएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.