प्रहरी नै मिर्गौला तस्करीमा संलग्‍न

|
समाचार प्रतिनिधि तस्बिर

काठमाडौं : गत वर्ष जेठ २७ गते  भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पहिलो पटक मिर्गौला प्रत्यारोपण हुँदै थियो। त्यहाँ ललितपुरबाट गएका एक बिरामीको मिर्गौला प्रत्यारोपण गरियो।

प्रत्यारोपण गरिने व्यक्ति थिएँ, ललितपुर निवासी। ललितपुरका बासिन्दा नभए पनि उनले त्यहीँबाट मिर्गौला प्रत्यारोपण गर्न सिफारिस बनाएका थिए। ती व्यक्तिलाई नातामा भान्जा पर्नेले मिर्गौला दान दिएका थिए। त्यसबेला उनलाई २५ वर्षीय आफ्ना भान्जा रिजनबीर जोशीले मिर्गौला दान गरे मिर्गौला लिने मान्छे पनि केही समय अस्पतालका बसाइपछि घर फर्किए।

भान्जाले नै मामालाई मिर्गौला दिएपछि त्योबेला खासै चासोको विषय भएन। किन भने अंग प्रत्यारोपण नियमावलीमा मामाले भान्जालाई मिर्गौला दिनसक्ने कानुन छ। त्यसयताका तीन महिना यो घटनाबारे केही चर्चा भएन। तर, २०७६ असोज २ गते नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोमा नक्कली भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको ‘बेनामे उजुरी’ परेपछि घटनाले अर्कै मोड लियो।

बेनामे उजुरी हालेर प्रहरीलाई झुक्याएको हुन सक्ने सम्भावना पनि थियो। तर, प्रहरीले उक्त बेनामे उजुरीको गम्भीरतालाई मध्यनजर गर्दै अनुसन्धान अगाडि बढायो। यही उजुरीलाई लामो समय अनुसन्धान गर्दै जाँदा प्रहरीले गत जेठ २७ गते पुरानो मेडिकल कलेजमा मामाले भान्जाको भनेर लिएको मिर्गौला तेस्रो व्यक्तिको भएको पुष्टि भयो। त्यसपछि ब्यूरोले यो प्रकरणमा मुछिएका जनप्रतिनिधि र डाक्टरसहित १२ जनालाई पक्राउ पर्‍यो।

प्रहरी नै मिर्गौला तस्करीमा

चितवनको कलेज अफ मेडिकल साइन्सेज नक्कली कागजात खडा गरी विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरी तेस्रो व्यक्तिको मिर्गौला झिकिएको घटना बाहिरिएको थियो। उक्त घटनामा संलग्‍न १२ जनालाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।

यस घटनामा संलग्नताको आरोपमा प्रहरीले गुल्मीको रेसुंगा नगरपालिका-२ का प्रहरी सहायक निरीक्षक (असई) भीमप्रसाद ढकाललाई र यसअघि पनि मिर्गौला तस्करीमा मुछिएका निलम्बित प्रहरी नायव निरीक्षक (सई) योगेन्द्रराज थपलिया पक्राउ परिसकेका छन्।

थपलिया यसअघि २०७६ साउनमा काभ्रे बाङ्थलीका विष्णु खड्काको भारतमा लगेर मिर्गौला निकाल्न लागिएको घटनामा पनि थपलियाको संलग्‍नता भएको  बताएको छ। प्रहरीले बिचौलियाको काम गरेको समेत बताइएको छ।

अन्य पक्राउ पर्नेमा भरतपुर मेडिकल कलेजका डा. राकेश कुमार बर्मा, अस्पतालका सिइयो  डा. सुप्रभात श्रेष्ठ, डा. बालकृष्ण कालाखेती रहेका छन्। त्यसैगरी कलेजका कानुनी सल्लाहकार अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन्।

प्रहरीले जिल्ला प्रशासन चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल, ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाश प्राप्त खरिदार नवराज केसी पनि पक्राउ परेका छन्। त्यसैगरी जिल्ला प्रशासनका कार्यालय सहायक नवराज केसी पनि पक्राउ परेका छन्। पक्राउ पर्ने महिलाहरू जमुना राजभण्डारी र रेश्मा राई छन्।

पक्राउ पर्नेहरू प्रत्यारोपणमा संलग्‍न चिकित्सक र अस्पतालमा रहेको अंग प्रत्यारोपण समितिका सदस्यहरु रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक गोविन्द थपलियाले बताए।

‘हामीलाई गत असोजमा उजूरी परेको थियो, उजुरीकै आधारमा अनुसन्धान गर्दै जादा,  वडामा नाता प्रमाणित गरिदिनेदेखि अंग प्रत्यारोपण गर्न अनुमति दिने समितिको सदस्यको समेत नक्कली कागज बनाएको पायौँ', उनले भने। 

ब्यूरोको ५ जनाको टोली शनिबार चितवन पुग्यो। शनिबार ४ बजे मिर्गौला प्रत्यारोपण गरिएको मेडिकल कलेजका सीईओ डा. सुप्रभात श्रेष्ठ, ट्रान्सप्लान्ट सर्जन डा. राकेश बर्मा, डा. बालकृष्ण कालाखेती, अधिवक्ता रमेश काफ्ले र जिल्ला प्रशासन कार्यलय चितवनका शाखा अधिकृत रामकृष्ण ढकाललाई पक्राउ गरेर काठमाडौं ल्याइयो। आइतबार अवैध मिर्गौला प्रत्यारोपणमा संलग्‍न भएको अभियोगमा थप ७ जना पक्राउ परे।

असली भान्जा विदेशमा नक्कली भान्जा यता

प्रहरीका अनुसार प्रत्यारोपणका लागि आवश्यक सबै डकुमेन्ट ललितपुरमा तयार पारिएको हो। त्यसमा पनि सबै डकुमेन्ट नक्कली डकुमेन्ट रहेको पाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक थपलियाले बताए। ‘डकुमेन्ट सबै ललितपुरमा तयार भएको देखिन्छ, त्यो पनि सबै डकुमेन्ट नक्कली रहेको पाइएको छ', उनले भने। 

यता ब्यूरोका प्रमुख एसएसपी देवबहादुर बोहराले घटनाबारे थप अनुसन्धान जारी रहेको बताए। जुन व्यक्तिले आफ्नो भान्जा भनेर मिर्गौला लिएका थिए। ती व्यक्तिका असली भान्जा विदेशमा नै रहेको अनुसन्धानबाट खुलेको प्रवक्ता थपलियाले बताए।

‘अनुसन्धानमा मिर्गौला लिने व्यक्तिको भान्जा भनिएका ललितपुरका रिजनवीर जोशी विदेशमा रहेको र नेपालमा उनका मामाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो', प्रवक्ता थपलियाले भने, 'यही क्रममा उनीहरुले तिनै भान्जाको नाममा नेपालमा नक्कली भान्जा खडा गरेको देखिन्छ। जसका लागि नक्कली भान्जाको फर्जी नागरिकता बनाएको देखिन्छ।'

प्रहरीका अनुसार २७ वर्षीय एक युवालाई प्रलोभनमा पारेर नक्कली भान्जा बनाइएको थियो। भान्जा रिजनवीर जोशीका नाममा अर्कै नक्कली व्यक्ति खडा गरेर नाता प्रमाणितदेखि नागरिकतासम्म बनाएर सबै डकुमेन्टहरू तयार पारेर मिर्गौला प्रत्यारोपण गरेको देखिएको अनुसन्धानमा खुलेको प्रवक्ता थपलियाले बताए।  

भान्जा नाता पर्ने व्यक्ति विदशेमा छन्।  वडाध्यक्षले पनि आफूले चिनेको र मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिको नातेदार भएको भनेर नाता प्रमाणित गरेको उनले बताए।

रिजनवीर जोशीको नाममा अर्कै मिर्गौला निकालिएको व्यक्तिको फोटो हालिएको अन्य पनि कुरा नक्कली बनाएर मिर्गौला प्रत्यारोपण गरेको अनुसन्धानमा खुलेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.