समाज

बोत्तल समाउन खोज्दा बगेका बालकको शव भारतमा फेला

असार २८, २०७७

    बैतडी :चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा फेला मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा डिलाशैनी गाउँपालिका ६ चौसेराका ९ वर्षीय रुपेश नाथ रहेका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।  

    डिलाशैनी गाउँपालिका ६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका ती बालक बेलुका ७ बजे  महाकाली नदीपारि भारतको झुलाघाटमा मृत अवस्थामा फेला परेका हुन्। 

    बाख्रा चराउन चमेलिया किनार गएका रुपेश नदीमा बगेर आएको बोत्तल समात्न खोज्दा बगेका गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मनोजसिंह साउँदले बताए। 

    बालकको शवको परीक्षण भारतमै गरिने र सोमबार झुलाघाट नाका खोलेर नेपाल ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ । भारतीय स्थानीय प्रशासन र प्रहरीसँग समन्वय भएको छ उनले भने, ‘ मृतकका २ जना आफन्तलाई पारि पठाउन भनेको र सोमबार शव ल्याउन नाका खोल्ने सहमति भएको छ।’
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]