दक्षिण अफ्रिकाले तीब्ररूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै दक्षिण मदिरा बिक्रीमा रोक लगाएको छ।
राष्ट्रपति सिरिल रामफोसाले मदिरामाथिको प्रतिबन्धले मानिसको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने बताएका छन्। यस्तै रातको समयमा घर बाहिर निस्किन नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ। मास्क लगाउन अनिवार्य गरेको छ।
आइतबार राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै रामफोसाले मदिरा खुला गरेपछि देशमा कोरोना संक्रमितको संख्या दैनिक १० हजार भन्दा माथि पुगेकाे र यसले भयावह रुप लिन सक्ने भन्दै बिक्री वितरणमा रोक लगाउनु परेको बताए।
यस्तै उनले मदिराको बिक्री वितरणले कोरोना रोकथाममा केही सहयोग पुग्न जनाएका छन्। दक्षिण अफ्रिकामा २ लाख ७६ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।
यसै गरी विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ करोड ३० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा झण्डै २ लाख मानिसमा संक्रमण पुष्टि भएको छ। जसमध्ये अमेरिकामा ५७ हजार ९ सय, ब्राजिलमा २५ हजार ३ सय ६४, भारतमा २९ हजार १०८ तथा रसियामा ६ हजार ६ सय जना संक्रमित थपिएका छन्।
यसैगरी मेक्सिकोमा ६ हजार, पेरुमा ३ हजार ६ सय, चिलीमा ३ हजार, दक्षिण अफ्रिकामा १२ हजार तथा पाकिस्तानमा २ हजार ५ सय संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विश्वभर झण्डै ४ हजार मानिसको मृत्यु भएको छ।
जसमध्ये ब्राजिलमा ६ सय ५९, भारतमा ५ सय, अमेरिकामा ३ सय ८० तथा मेक्सिकोमा ५ सय ३९ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको कुल संख्या ३४ लाख पुग्दा १ लाख ३७ हजारको मृत्यु भएको छ।
यस्तै ब्राजिलमा १८ लाख ६६ हजार मानिस संक्रमित हुँदा ७२ हजारको ज्यान गइसकेको छ। यस्तै भारतमा कुल ८ लाख ७९ हजारमा संक्रमण पुष्टि २३ हजार १८७ जनाको मृत्यु भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।