रुकुम : कोरोना भाइरस निको भएपछि रुकुम पश्चिममा २० जना नागरिक घर फर्केका छन्। जिल्लाको चौरजहारी नगरपालिका-१ मा अवस्थित अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर उपचार गराएका नागरिकको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको हो।
जसमध्ये सल्यान वनगाड कुभिन्डे नगरपालिका निवासी ११ जना पुरुष र रुकुम पश्चिमको चौरजहारी नगरपालिका निवासी ९ जना पुरुषले कोरोना भाइरसलाई जितेर घर फर्केका हुन्।
कामको सिलसिलामा भारतको गुजरातबाट आएका सल्यानका ११ जनाको स्वाव परीक्षण गर्दा पोजेटिभ आएपछि उनीहरुलाई गत जेठ २८ गते भर्ना गरिएको थियो।
उपचार गराइरहेकामध्ये ९ जनाको रिपोर्ट २ सातापछि नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. कालेव बुढाले बताए। तर २ जनाको रिपोर्ट भने पुनः परीक्षण गर्दा पोजेटिभ आएपछि थप १ हप्ता कुर्नु पर्यो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।