|

बैतडी : कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई जना प्रधानाध्यापकलाई तलब दिइएको खुलेको छ। जिल्लाको बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भए पनि निजलाई कारबाही गर्नुको साटो तलब भत्ता दिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

आयोगले प्रकाशित गरेको विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा प्रधानाध्यापक रतनसिंह भण्डारीले ८३ हजार १ सय रुपैयाँ लिएको खुलेको छ। सरकारी रकमको दुरुपयोग गरेकाले अख्यितारले सो रकम असुल उपर गरी पाऊँ भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। 

भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेकोले तत्कालीन प्रअ भण्डारी र अध्यक्ष टेकसिंह भण्डारीबाट बिगो असुल उपर गर्न अख्तियारले माग गरेको छ। 

यस्तै जिल्लाको जशलिंग प्राविका तत्कालीन शिक्षक महानन्द कपाडीलाई पनि नियमविपरीत तलब खुवाएको अख्यितारले जनाएको छ। अख्तियारले गरेको छानबिनमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका कपाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र श्रोत व्यक्ति हरि नाथको सहमतिमा ८१ हजार ९ सय तलब खुवाएको अख्तियारले ठहर गरेको छ। 

सरकारी रकमको दुरुपयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपडी, श्रोतव्यक्ति हरिनाथ र विद्यालयका तत्कालीन शिक्षक महानन्द कपाडीबाट सो रकम असुल उपर गर्न विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।  उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेकोले सो रकम असुल उपर गर्न विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका महानन्द कपाडी र दोगडाकेदार ४ का रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा २०७४ असार १५ मा जेल परेका थिए। २ वर्ष कैद सजाय र ८२ हजार जरिवानासहित जेल परेका दुवै ०७५ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा जेलमुक्त भएका थिए। उनीहरु ६४ प्रतिशत कैद भुक्तान गरेपछि ०७५ सालमा गणतन्त्र दिवसको अवसरमा छुटेका थिए। उनीहरु दुवैले दोगडाकेदार गाउँपालिका ३ श्रीकोटकैअर्जुनसिंह विष्टको हत्या गरेका हुन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.