काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अनलाइन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताएका छन्।
अहिले प्रतिदिन एकवटा अनलाइन दर्ता हुने गरेको तथ्यांकले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यो विषयमा छलफल आवश्यक रहेको बताएका छन्। सूचना तथा प्रशारण विभागले प्रकाशन गरेको पुस्तकहरू सार्वजनिकीकरणमा अर्थमन्त्रीसमेत रहेका खतिवडाले गुणस्तरीय विषयवस्तुका लागि छलफल आवश्यक रहेको बताए।
'एक दिनमा एउटा अनलाइन दर्ता हुने गरेछ, यसरी कसरी होला? कति अनलाइन चाहिने हो हामीलाई? दिनमा एउटा अनलाइन चाहिने हो कि? गुणस्तरमा जाने हो?', उनले प्रश्न गरे, 'विषयवस्तुको अलिकति गहिराइमा जाने हो कि संख्या मात्रै बढाउने हो? यसमा पनि छलफल गरेर बढ्नुपर्छ।'
खतिवडाले कोरोना संक्रमणका कारण सञ्चारमाध्यमहरुमा परेको प्रभावको विषयमा अध्ययन भइरहेकाले सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए। बैंकहरुबाट ऋण लिएर काम गरिरहेका मिडिया हाउसहरुलाई अन्य सेवा क्षेत्रले पाएको सुविधा पाउने व्यवस्था गरिने विश्वास पनि उनले दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।