|

काठमाडौं :  विश्वभर पछिल्लो २४ घण्टामा झण्डै २ लाख कोरोना संक्रमित थपिएका छन्। १ लाख ९४ हजार ५ सय जना थपिएसँगै कोरोना संक्रमितको कूल संख्या १ करोड ३२ लाख २८ हजार नाघेको छ। 

सबैभन्दा धेरै अमेरिकामा ६४ हजार बढीमा नयाँ संक्रमण पुष्टि भएको छ। भारतमा २८ हजार, ब्राजिलमा २१ हजार ७ सय, दक्षिण अफ्रिकामा ११ हजार ५ सय, रसियामा ६ हजार ५ सय, मेक्सिकोमा ४ हजार ४ सय, पाकिस्तानमा २ हजार ७ सय जना संक्रमित थपिएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। 

पछिल्लो २४ घण्टामा ब्राजिलमा ७ सय ७०, भारतमा ५ सय ४०, अमेरिकामा ४ सय ५२, मेक्सिकोमा २ सय ७६, दक्षिण अफ्रिकामा ९३ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमितमध्ये ५ लाख ७४ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ भने ७६ लाख ९१ हजार बढी उपचारपछि स्वास्थ भएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.