|

काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेका बेला अधिकांश देशहरु गलत दिशातर्फ अघि बढिरहेको बताएको छ।

डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससले रणनीतिक काम र परीक्षणको दायरा बढाउनु पर्नेमा अधिकांश देशका सरकारले लापरवाही गरेको र स्थितिलाई गम्भीरतापूर्वक नलिएको बएका छन्। घेब्रेयससले दैनिक रुपमा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या बढिरहेको तर अधिकांश देशले लकडाउन खुकुलो पारिरहेको तथा परीक्षण घटाइरहेको बताए।

उनले भने, ‘धेरै देशहरु गलत दिशातर्फत गइरहेका छन्, यो भाइरस जनताको एक नम्बरको शत्रु हो तर अधिकांश देश भाइरसविरुद्धको लडाईँमा संयमित भएका छैनन्।’ उनले विभिन्न देशका नेताहरुले दिने प्रतिक्रियाले उनीहरुले भाइरसविरुद्ध गरिरहेको लडाईँप्रति भरोसा कमजोर हुँदै गएको बताएका छन्। उनले भने, ‘यदि सरकारले आफ्ना नागरिकसँग स्पष्टसँग कुराकानी गर्दैन, संक्रमणलाई रोकथाम गर्न कुनै नयाँ रणनीति अबलम्बन गर्दैन र यदि नागरिकहरु सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउने सहित न्यूनतम सुरक्षाका उपायहरु अपनाउँदैनन् भने यो महामारी यसरी नै अघि बढिरहन्छ।’

उनले सबै देश भाइरसको जोखिममा रहेको भन्दै सबैले आफ्नो ठाउँमा सचेतता अपनाउने कुरामा समेत लापरवाही गरेको बताएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.