|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल अयोध्या भारतमा नभई नेपालमै पर्ने भनी दिएको अभिव्यक्तिप्रति सत्तारुढ भारतीय जनता (भाजपा) पार्टीले आपत्ति जनाएको छ। 

भाजपाका राष्ट्रिय प्रवक्ता बिजेशंकर शास्त्रीले भगवान राम आफूहरूको आस्थाको विषय भएको र यसबारे नेपालका प्रधानमन्त्री या अरु कोहीले खेलवाड गर्न नसक्ने बताएका हुन्। 

द टाइम्स अफ इन्डियाका अनुसार शास्त्रीले रामबारे भारतकै वामपन्थीहरूले पनि खेलवाड गरिरहेको र नेपालका कम्युनिष्टहरूले पनि सोही सिको गरेको आरोप लगाएका छन्‌। 

१०७औं भानुजयन्तीका अवसरमा सरकारी निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए। रामको अयोध्या राज्य वीरगञ्‍जमा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको, तर नेपालको वीरगञ्‍जभन्दा पश्चिमपट्टिको गाउँ नै अयोध्या भएको प्रधानमन्त्रीको भनाई थियो। 

'अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मीकि आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रिष्टी यज्ञ लगाउने पण्डितजी रिडीका। त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन,' प्रधानमन्त्री ओलीले भनेका थिए।

'भारतले नक्कली अयोध्या खडा गर्‍यो, राम पनि नेपाली नै हुन्'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.