|
फाइल फाेटाे

काठमाडौं : नेपाल संघीयतामा गएसँगै बनेको बनेको पश्चिम नवलपरासीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वको विवाद समाधान भएको छ।

कांग्रेस महामन्त्री शशांक कोइरालाको जिल्ला नवलपरासीमा पार्टी सभापति शेरबहादुर देउवाले आफू निकटका नेतालाई जिल्ला सभापतिको नेतृत्व दिएपछि नवलपरासी कांग्रेसमा भाँडभैलो नै भएको थियो। नवलपरासीको विवाद मिलाउन कांग्रेसका प्रवक्ता र पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भूमिका खेले। उनीहरुकै समन्वयमा अहिले नवलपरासीमा गुटको अन्त्य भएको कांग्रेसले जनाएको छ।  

शर्मा र पौडेलको समन्वयमा पश्चिम नवलपरासीका स्थानीय नेताहरुले विष्णुप्रसाद पौडेललाई जिल्ला सभापति स्वीकार गर्दै अगाडि बढ्ने लिखित सहमति गरेसँगै विवाद साम्य भएको हो। 

पार्टी सभापति देउवाले गत वर्षको फागुनमा कार्यबाहक सभापति अर्जुनकुमार पोखरेललाई जिम्मेवारीबाट हटाएर पौडेललाई सभापति नियुक्त गरेका थिए। मुलुक संघीयतामा जानु भन्दा अघि नवलपरासी जिल्लाको सभापति विष्णु लामिछाने थिए। उनी नवलपरासी पूर्वका सभापति भएका छन्। 

शर्मा र पौडेलले त्यहाँका स्थानीय नेताहरुसँग समन्वय गरेर पहिले कार्यबाहक सभापतिबाट देउवाले हटाएका पोखरेललाई जिल्ला पार्टीको पहिलो वरीयताको उपसभापति बनाए।  त्यस्तै गत फागुन भन्दा अघि उनले कार्यबाहक सभापति हुँदा गरेको निर्णय मान्ने सहमति पनि शर्मा र पौडेलले गराएका छन्।

प्रवक्ता शर्मा र मुख्यसचिव पौडेलले लिखित रुपमा सहमति गरेर विवाद अन्त्य गराएका हुन। उक्त लिखित सहमति पत्रमा नवलपरासीका नेताहरु विष्णुप्रसाद पौडेल, अर्जुनकुमार पोखरेल, बिक्रम खनाल र देवराज भण्डारीले हस्ताक्षर गरेका छन्। सहजकर्ताका रूपमा शर्मा र पाैडेलले पनि हस्ताक्षर गरेका छन्। 

कांग्रेसका नेताहरूले तत्कालीन नेपाल लोकतान्त्रिक फाेरम र अखण्ड पार्टीका नेताहरूलाई पनि सम्मानजनक समायाेजन, समायाेजन समिति मार्फत गर्ने सहमति पनि गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.