|

भक्तपुर : ऐतिहासिक/पर्यटकीय नगरी भक्तपुर कोरोना महामारीसँगै सुनसान बन्यो। लकडाउनमा कडाई गरुञ्जेल यो क्षेत्रमा चहलपहल ठप्पप्राय: भयो। 

पछिल्ला दिनमा भक्तपुर अलि चलमलाउन थालेको छ। लकडाउन खुकुलो भएसँगै स्थानीयहरू घरबाहिर निस्कन थालेका छन्‌। भीडभाड बढ्दैछ। भक्तपुरको मूल आकर्षण पचपन्‍न झ्याले दरबारअघि मानिसहरु हिँडडुल गरेको र बालबालिकाहरू रमाउँदै खेलेको देखिन थालेको छ। शहरका भित्री भागमा पनि सर्वसाधारण किनमेल र दैनिक काममा निस्किन थालेका छन्‌।

पहिले विदेशी पर्यटक बाक्लै देखिने गरेको यो शहरमा अहिले बाहिरका मानिस फाट्टफुट्ट मात्रै देखिन्छन्। पर्यटकलाई लक्षित गरेर खोलिएका धेरैजसो क्युरियो पसल बन्द छन्‌। दैनिक आवश्यकताका सामान राखिएका र कपडाका पसल भने फाट्टफुट्ट खोल्न थालिएको छ।

।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.