|

सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको परीक्षणका क्रममा रहेको सुरुङको गेट फुट्दा दुईजना बेपत्ता भएका छन्। 

मंगलवार दिउँसो १ बजे सुरुङको गेट फुटेपछि निस्केको पानीले आयोजनाका सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिश गोहितलाई बगाएर बेपत्ता बनाएको हो।

गेट फुटेपछि सुरुङमा भरिएको पानीले  बा १ झ ८७६४ नम्बरको एउटा हाइलक्स गाडीसमेत बगाएको छ।

सुरुङ परीक्षणको क्रममा १७ नम्वर गेटमा समस्या आएको थियो। निरीक्षणका क्रममा रहेका चारमध्ये दुईजना र गाडी बगाएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । 

महर्जनका अनुसार गाडीको केही अंश खोलामा देखिएको छ। गाडी झिक्ने काम भइरहेको छ । गत साताबाट मात्रै मेलम्चीको पानी काठमाडौं लैजाने सुरुङमा परीक्षण थालिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.