जिल्लाबासीलाई सडक हुँदाभन्दा नुहँदै ठीक !

|

ओखलढुंगा : जिल्लाका ८ वटा स्थानीय तहका ७५ वटै वडा सडक सञ्जालसँग जोडिएका छन्। सिद्धिचरण राजमार्गबाट र रामेछापको मन्थली तथा दोलखाको जिरीसम्म जिल्लाका स्थानीय तहका सडकहरू जोडिएका छन्। 

सडक सञ्जालसँग जोडिए पनि जिल्लाबासीहरु पछिल्लो समय सडककै कारण चिन्तित छन्। बाढी पहिरोका कारण धेरैजसो सडक अवरुद्ध छन्। अफ्ठेरो र सडकमा आएको पहिरोका कारण कतिपयले यात्रा क्रममा ज्यानसमेत गुमाइसकेका छन्। 

हिउँदमा धुलो र धुवाँका कारण सडक नजिक घर भएकाहरुले हरेक क्षण सास्ती बेहोर्दै आएका छन्। सडक नहुँदा एक दिनमै पुग्ने ठाउँहरुमा गाडीमा जाँदा दुई दिनसम्म लाग्ने गरेको स्थानीयहरु बताउँछन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.