भोलि पुनः छलफल गर्ने सहमति

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच करिब एक घण्टा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह १२ बजेदेखि करिब १ बजेसम्म अध्यक्षद्वयबीच 'वान अन वान' छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। करिब एक सातापछि पुनः छलफललाई निरन्तरता दिएका अध्यक्षद्वयबीच भोली फेरी छलफल गर्ने गरी आजको भेटवार्ता सकिएको उनले बताए।

पछिल्लो पटक दुवै अध्यक्षले हतार नगरी सहमति जुटाउने सार्वजनिक अभिव्यक्ति दिए पनि सहमतिको बिन्दु पत्ता लागि नसकेको अनुमान गरिएको छ। यसअघि अघिल्लो साता उहाँहरूबीच आइतबार, सोमबार, मंगलबार र बुधबार एक्ला एक्लै र सहयोगीसमेत राखेर भेटवार्ता भएको थियो ।

ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रचण्ड–नेपालसमुहले असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमार्फत प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि विवाद चुलिएको थियो ।

राजीनामा मागिएपछि स्थायी कमिटीको बैठकमा समेत उपस्थित नभएका ओलीले दुबै पद नछाड्ने अडान लिएपछि अहिलेसम्म पनि विवाद समाधान हुन सकेको छैन।

बरु ओलीले संसद अधिवेशन अन्त्य गरेर पार्टी विभाजन गर्नेसम्मका तयार गरेपछि स्थायी कमिटी बैठक रोकेर अध्यक्षद्वयलाई सहमति गर्न जिम्मा दिएका छन्। जसका कारण स्थायी कमिटी बैठक पछिल्लो पटक साउन २ गतेसम्मका लागि स्थगित गरेर नेतृत्वको जिम्मा लगाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.