|

बाँके : सेवाग्राहीसँग घुस लिँदै गरेका घरेलु तथा साना उद्योग कार्यालय, बाँकेका अधिकृत (सातौँ तह) हुकुमबहादुर ओलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। 

ठेक्का पट्टाको लाइसेन्स बनाइदिने नाममा ओलीले सेवाग्राहीसँग ९६ हजार तीन सय रुपैयाँ लिँदै गर्दा आयोगको टोलीले नियन्त्रणमा लिएको आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले बताए।

अधिकृत ओली घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारीसमेत हुन्। उनको बारेमा आयोगले थप अनुसन्धान गरिरहेको गैरेले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.