|

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण गर्न आउने गर्भवती संख्या बढदै गएको छ। काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढदै गएपछि परीक्षण गर्न आउनेको संख्या बढदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढदै गईरहेकोले दैनिक जसो ८ सयभन्दा मानिस कोरोना परीक्षण गर्न आइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर कुमार राजभण्डारीले बताए।

उनले भने,' परीक्षण गर्न आउनेमा गर्भवतीहरुको  संख्या दैनिक बढदै गइरहेको छ। काठमाडौंमा बसोबास गरिरहेका दैनिक १० जनाको हाराहारीमा गर्भवती हरु परीक्षण गर्न आउने गरेका छन्।'

गर्भवतीहरुको स्वास्थ्य अवस्था सामान्य मानिसको भन्दा संवेदनशील हुने भएकोले पनि परीक्षण गर्न आउनेको संख्या बढीरहेको हुन सक्ने निर्देशक राजभण्डारीले बताए।

सोमबार मात्र ११ सय मानिस परीक्षणको लागि आएको र २ सयको स्वाब संकलन गरिएको उनले जानकारी दिए। मुख्यतया काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेकाले परीक्षण गर्नेहरुको दैनिक जसो संख्या बढेको उनले प्रष्ट पारे।

हाल शुक्रराज अस्पतालमा १७ जना संक्रमितले उपचार गराइरहेका छन्। संक्रमितको अवस्था सामान्य छ। आज मात्र ३ जना संक्रमित उपचारको लागि आएको र  ८ जना डिस्चार्ज भएको राजभण्डारीले जानकारी दिए।

काठमाडौं उपत्यकामा देशभरबाट मानिस आउने क्रम जारी रहेकोले पनि परीक्षण गर्नेको संख्या बढीरहेको उनले बताए। तराईबाट आएको मानिसहरु बढी परीक्षण गर्न आइरहेको उनको भनाइ छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.