|

काठमाडौं : अब आउने मौद्रिक नीति सबैलाई समेट्ने बनाउन नेपाली कांग्रेसले गभर्नर राष्ट्र बैंकका महाप्रसाद अधिकारीलाई सुझाब दिएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना पछि उत्पन्न परिस्थिति अनुगमन समितिले गभर्नर अधिकारीलाई भेटेर यस्तो सुझाब दिएको हो।  

कांग्रेसले बनाएको उक्त समितिको टोलीले गभर्नर अधिकारीलाई साना तथा मझौला व्यवसायीलाई सहज रुपमा चल्ने खालको मौद्रिक निति ल्याउन सुझाव दिएको छ। समितिले साना तथा मझौला उद्योगधन्दा चल्ने वातावरण नभएको भनेर व्यवसायीले गुनासो गरेको भन्दै त्यस्ता समस्या समाधान गर्ने मौद्रीक नीति ल्याउन सुझाब दिएको कांग्रेसका सहमहामन्त्री डा. महतले जानकारी दिए।   

रोजगारी गुम्न नदिन उद्योग व्यवसायीहरुलाई बचाउनु पर्ने र उनीहरुलाई बचाउन व्याज तथा सहुलियत ऋण को ब्यवस्था गर्न राष्ट्र बैकले भूमिका खेल्नुपर्नेमा जोड दिएको महतको भनाई छ।  गभर्नरसँगको भेटघाटमा संयोजक महतसहित सदस्यहरु एन पी साउद, डा.चन्द्र भण्डारी, राजीव विक्रम शाह, डा.प्रभु बुढाथोकी, डा.पोसराज पाण्डे र नैनसिंह महर सहभागी थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.