|

गुल्मी : इश्मा गाउँपालिका समाज जापानले इश्माका पहिरो पीडितलाई करिब साढे चार लाख रुपैयाँ सहयोग गरेको छ। 

इश्मा गाउँपालिक–१ र ४ का ७० घर परिवारलाई समाजले चार लाख ३७ हजार ३९५ रुपैयाँ सहयोग गरेको छ। पहिरोबाट मृत्यु, घाइते र बिस्थापित भएका परिवारलाई सहयोग गरिएको इश्मा गाउँपालिका समाज जापानका सदस्य नारायण खनालले बताए।

समाजले पीडितलाई तीन वर्गम विभाजन गरी राहत वितरण गरेको हो। ‘क’ वर्गमा मृतक र घाइते परिवार, ‘ख’ वर्गमा घर गोठ र चौपाय क्षति भएका परिवार र ‘ग’ वर्गमा अति जोखिममा परेका परिवार रहेका छन्।

वडा नम्बर ४ मा ख र ग वर्गका पीडित रहेका छन् । जसमा ‘ख’ वर्गका ६ र ‘ग’ वर्षका १२ जना रहेको समाजको सदस्य संगीता कुँवरले जानकारी दिइन्। त्यस्तै, वडा नम्बर १ मा ‘क’ वर्गका तीन, ‘ख’ वर्गका १९ र ‘ग’ वर्गका ३० जनाले राहत पाएका छन्। समाजले ‘क’ वर्गलाई १५ हजार, ‘ख’ वर्गलाई सात हजार र ‘ग’ वर्गलाई तीन हजार ५०० रुपैयाँका दरले नगद सहयोग गरेको कुँवरले बताइन्।

राहत वितरणको लागि वडा नम्ब। १ मा वडाध्यक्ष चुराबहादुर खत्री र वडा नम्बर ४ मा वडाध्यक्ष गनुप्रसाद अधिकारीको संयोजकत्वमा सहयोग हस्तान्तरण समिति निर्माण गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.