म्याग्दी : अन्नपूर्ण गाउँपालिका–३ गुइँठे नजिकैको भीरबाट कालीगण्डकी नदीमा खसेर बेपत्ता टिपर चालकका शव भेटिएको छ।
मंगलबार साँझ टिपर नदीमा खसेको थियो। टिपर खस्दा मंगला गाउँपालिका–५ का करिब २६ वर्षीय ज्ञानबहादुर पुनको शव बुधबार बिहान भेटिएको हो। गिट्टी बोकेर गुइँठेदेखि घारतर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको थियो। शव अन्नपूर्ण–६ रातोपानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
शव भुरुङ्ग तातोपानी प्रहरी चौकीको टोली र स्थानीयले निकालेका थिए। सो टिपर घारखोला जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो। माथिबाट खसेको पहिरोका कारण साँघुरो भएको सडकमा टिपर चलाउँदा दुर्घटना भएको स्थानीयको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।