|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो। पिसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताए। 

पिसिआर परिक्षणमा रघुगंगाका १, मंगला गाउँपालिका १, बेनी नगरपालिका ३ र मालिका गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ। 
संक्रमित मध्य कुवेतबाट ६ जना, कतारबाट २ जना र भारतबाट १ जना आएका थिए।  योसँगै म्याग्दीमा कोरोना संक्रमितको जम्मा संख्या ३४ पुगेको छ। हालसम्म म्याग्दीमा निको भएर २० जना घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.