|

काठमाडौं : सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेसँगै काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा यातायातका साधन गुड्न थालेका छन्। चैत ११ देखि कोरोना भाइरसको कारणले लकडाउन भएदेखि सञ्चालन हुन सकेका थिएनन्। 

सवारीधनीले स्वास्थ्य सुरक्षाको निश्चित मापदण्ड अपनाएर यातायातको साधन सञ्चालन गरिरहेको छन्। यात्रुलाई मास्क र स्यानिटाइजर दिएर यात्रा गराइरहेका छन्। सकारको निर्देशन यात्रु चढाउने र ओराल्ने गरिएको रत्नपार्कदेखि जोरपाटी-नारायणटार सञ्चालित निलोटेम्पोका चालक तारा कार्कीले बताउँछन्। 

उनले भने,' १४ जनाको सिट क्षमता भएको टेम्पो हो। ६ जना बोकेर सवार गरिरहेका छौ। ५० प्रतिशत भाँडा बढाएर लिएका छौ।' ४ महिना त्यतिकै बसिम तर, अहिले थोरै पैसा खेलाउने आशामा गाडी सडकमा निकालेको कार्कीले सुनाए। सरकारको निर्देशन सरकारलाई सहयोग र सेवार गरेको उनले सुनाए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.