|
फाइल फाेटाे

काठमाडौं : निजी विद्यालयहरूले आजदेखि अनलाइन कक्षा बन्द गर्ने भएका छन्।

कोरोना महामारी पछि विद्यालय बन्द गरेर अनलाईन कक्षाबाट पठनपाठन गराउँदै आएका निजी विद्यालयहरूले उक्त कक्षा पनि बन्द गर्ने भएका छन्। बुधबार बसेको प्याब्सन र एनप्याब्सनको  बैठकले सरकारले आफूहरुका माग पूरा नगरेको भन्दै अनलाइन कक्षा सञ्चालन नगर्ने र शिक्षकहरुलाई बेतलबी विदा दिने निर्णय गरेका हुन् । 

निजी विद्यालयहरूले न्युनतम शुल्क लिन पाउनुपर्ने, विद्यार्थी भर्ना गर्न पाउनुपर्ने लगायतका माग राख्दै आएका छन्।  सरकारले उनीहरुको कुरा कार्यान्वयन हुन नदिने बताउँदै आएको छ।  शिक्षक कर्मचारीको तलबभत्ता, घरभाडा, बिजुली, इन्टरनेटको शुल्क उठाउन पाउनुपर्ने माग निजी विद्यालयहरूको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.