|

बैतडी : बैतडीमा छुट्टाछुट्टै बलात्कारका घटनामा २ जनालाई प्रहरीले  पक्राउ गरेको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकाबाट आफ्नै ११ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४५ बर्षीय पुरुष पक्राउ गरिएको हो।

मंगलबार  जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा  पटकपटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए। 

उनले भने, ‘छोरीको शरिरमा पनि निलडाम भएको, बेलाबेलामा कराउने र भागेर छिमेकीको शरणमा बुवाले पटकपटक बलात्कार गरेको खुल्न आएको छ।’  बलात्कार गर्ने छोरीकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए। 

उनले भने, ‘श्रीमतीको मृत्यु भइसकेपछि मादक पदार्थ सेवन गरि छोरीलाई पटकपटक जबरजस्ती गर्ने गरेको रहेछ। मंगलबार पनि जबरजस्ती गर्न खोजेका बेला छोरी भागेको र सोधपुछ गर्दा बलात्कार गरेको खुल्न आएकोले समातेर प्रहरीलाई बुझाएका हौं।’  

पक्राउ गरेको ती व्यक्तिलाई बुधवार जिल्ला ल्याइँदै गरेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। 

यस्तै जिल्लाको पुर्चौडी नगरपालिकामा आफ्नै आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ। ३२ वर्षीय छोराले ६१ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।  

मंगलबार घरमै बलात्कार गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुग्दा आमालाई बलात्कार गरी विषादी खाएको अवस्थामा फेला गरेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जैसीले बताए। 

आमालाई बलात्कार गरि बिष खाएका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.