|

धनुषा : कोरोना महामारी चलेपछि भारतबाट फर्किने क्रममा सीमा नाकामै ज्यान गुमाएका वीरेन्द्र गुरमैता यादवका परिवारलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ नगद सहयोग गरेको छ। 

धनुषाको शहीदनगर नगरपालिका-९, गोठ कोयलपुरस्थित घरमै पुगेर मुख्यमन्त्री लालबाबु राउतले मृतक वीरेन्द्रका श्रीमती सविता यादवलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गराएको बताउँदै मुख्यमन्त्री राउतले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्‌। 

धनुषाकै जटही नाकामा भोकले छटपटिएर यादवको जेठ १४ मा मृत्यु भएको थियो। उनी मजदुरी गर्न भारतको अहमदावाद पुगेको ४ महिना नबित्दै कोरोना भाइरसका कारण लकडाउन घोषणापछि घर फर्कँदै थिए।

मृतक यादवको घरमा श्रीमती, ६ महिनाकी छोरी र अढाई वर्षका एक छोरा छन्। उनको घरको आर्थिक अवस्था ज्यादै कमजोर रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.