|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै घटेर दैनिक ७० मा आएको अवस्थामा पुन: संक्रमित बढ्न थालेका हुन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति बढे?

बिहीबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २ र सुनसरीका ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै विराटनगर स्थित कोशी अस्पताल विराटनगर प्रयोगशालामा परिएको परिक्षणमा झापाका २, उदयपुरका १ र इलामका ६, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३ र ओखलढुंगाका १५ जनामा कोरोना भेटिएको छ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका २ र स्याङजाका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देही र प्युठानका एक एक, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका ८, सुर्खेतका ३, बर्दिया र दाङका एक एक जनामा कोरोना भेटिएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २६, नारायणी अस्पताल वीरगञ्जमा पर्साका १, बाराका १ र रौतहटका ६, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा धनुषाका १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

२४ घन्टायता कीटजन्य रोग अनुसन्धान तालिम केन्द्र प्रयोगशाला हेटौडामा गरिएको पिसिआर परिक्षणमा नवलपरासी पूर्वका १७, रौतहटका ६ र मकवानपुरका ३ जनामा कोरोना पाइएको छ।

पिसिआर प्रयोगशाला दैलेखमा दैलेखका ६, चौरजहारी नगरपालिका प्रयोगशालामा रुकुम पश्चिमका १, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सुर्खेतका १, सल्यान र जाजरकोटका दुई जनामा कोरोना पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मुगुका १, डडेल्धुरा अस्पतालमा डडेल्धुराका ८, सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका ४, कैलालीका र कञ्चनपुरका १४/१४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको घट्दै गएको समेत जनाएको छ। मंगलबार मुलुकभर सक्रिय संक्रमित ६ हजार ६ सय ९५ र  बुधबार सक्रिय संक्रमितको संख्या ६ हजार १ सय १४ रहेको थियो। उनका अनुसार मुलुकभर हालसम्म ११ हजार २ सय ४९ संक्रमित निको भएर घर गइसकेका छन्। हालसम्म कुल संख्याको ६४. ८५ प्रतिशत संक्रमण मुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता गौतमले बिहीबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या २ सय १३ जना रहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.