|

ओखलढुंगा : सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको विद्युत विस्तारका लागि आएका १५ भारतीय नागरिकमा आज कोरोना संक्रमण पुष्टि भएको छ । 

जिल्लाको मानेभज्याङ गाउँपालिकामा क्याम्प खडा गरेर बस्दै आएका उनीहरुमा कोरोना भेटिएको जिल्ला स्वस्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताए। केही दिनअघि उनीहरु सहित जिल्लाबाट ५५ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाइएको थियो । जसमा भारतीय नागरिकमा मात्रै संक्रमण पुष्टि भएको तिवारीको भनाइ छ।

उनीहरु सबैलाई बिहीबार (आजै) कारोना अस्थायी अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको छ । ती भारतीय नागरिकहरु गत चैत्र २८ गतेदेखि विद्युत विस्तारको काममा खटिरहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.