|

संखुवासभा : खाँदबारी –९ को मनकामना धाममा रहेको श्रीहरि अध्यात्मिक गुरुकुलको छात्रबासमा पहिरो क्षति पु¥याएको छ। २८ गते बिहान छात्रबासको २ सय मिटर माथिबाट आएको पहिरोले मन्दिर परिसमा समेत क्षति पु¥याएको हो। 

पहिरोले छात्रबासका विद्यार्थी र शिक्षक बस्ने कोठामा क्षति पु¥याएपछि बस्ने, खाने समस्या भएको विद्यालयका आचार्य लक्षमण पोखेरलेले बताए। मनकामना गुरुकुलमा ३० जना विद्यार्थी र २ जना शिक्षक बस्ने छात्रबासमा बाढी पसेर सबै कोठा हिलोले भरिएको पोखेरलेले दुखेसो पोखे। 

२८ गते आएको बाढीले छात्रबास भित्रका खाद्यान्न तथा लत्ताकपडा हिलोमा पुरिएका उनले बताए। गुरुकुल विद्यालयमा अहिले विभिन्न जिल्लाका ३० जना विद्यार्थीले अध्ययन गरिरहेका छन्। 

कुनै मानवीय क्षति नभए पनि विद्यार्थीको बासस्थान र खाद्यान्नमा संकट देखा परेको छ। बाढीले छात्रावास पुरिएपछि त्यहाँ रहेका विद्यार्थी र शिक्षक विद्यालयको एउटा कोठामा बस्न बाध्य भएका छन्। ३० जना विद्यार्थी र २ शिक्षकहरु एउटै कोठामा बस्नु पर्दा निकै असहज भएको आचार्य पोखेरलेले बताए। 

गुरुकुलको अवस्था देखेर नजिकै रहेको अर्को विद्यालय मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुबेर प्रसाद भेटुवालले आफ्नो विद्यालयमा रहेको किवानिज क्लब तुम्लिङटारमार्फत छात्रबासको बाढी पन्छाउन र तत्कालका लागि राहत स्वरुप ५ हजार प्रदान दिइएको बताए। 

विद्यार्थीहरु पहिरोका कारण बिचल्लीमा परेको छन्। पहिरोका कारण उनीहरुलाई अप्ठयारो परेको छ। बाढीले कक्षाकोठा पुरिएपछि विद्यार्थीहरुलाई अहिले एउटै कोठामा कोचेर राख्नु परेको आचार्य पोख्रेलले बताए। 

गुरुकुल विद्यालयलाई सरकारले २०७२ सालमा अनुमति दिएर पनि उचित ब्यवस्थापन गर्न नसक्दा खल्लो लागेको पत्रकार खनालको भनाइ छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.