|

पर्सा : पर्साको ठोरीस्थित सीता गुफामा रहेको ४३६ नम्बरको सीमा स्तम्भ पुनः गाडिएको छ। शनिबार साँझ ५ बजेतिर उखेलेर फालेको अवस्थामा फेला परेको सीमा स्तम्भ शनिबार राति ९ बजे पुनः गाडिएको हो।

शनिबार साँझ ५ बजे सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको थियो। नेपाल–भारत दुवै देशका सीमा सुरक्षा अधिकारी र ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठसहितको उपस्थितिमा राति ९ बजे साविकै ठाउँमा सीमा स्तम्भ गाडिएको सीमा सुरक्षार्थ खटेका सशस्त्र प्रहरी निरीक्षक दिपक दाहालले बताए।

सीमा स्तम्भलाई पहिलेको भन्दा अलि गहिरो गरी गाड्ने प्रयास गरिए पनि सीता गुफा रहेको पहरोको ढुंगाका कारण गहिरो डोब खन्न नमिलेर साविककै सरह मात्र गाडिएको सहभागी टोलीका सदस्यले बताएका छन्। 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.