|

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको सकारात्मक प्रभाव शेयर बजारमा  देखिएको छ। मौद्रिक नीति आएपछि उत्साहित शेयर बजारमा आइतवार कारोबार खुलेकै दिन उछाल आयो।

आइतवार शेयर बजार परिसूचक नेप्से ६ प्रतिशत अर्थात ८४.२६ अंकले बढेपछि पूरै दिनका लागि कारोबार बन्द गरिएको छ। कारोबार सुरु भएको ७ मिनेट नहुँदै ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको नेप्से २० मिनेट कारोबार रोक्का भई खुल्नेबित्तकै १ मिनेटमै थप १ प्रतिशतले बढेपछि दोस्रो सर्किट लगाइएको थियो।

दोस्रो सर्किट लागेको ४० मिनेटपछि खुलेको बजार एक मिनेटमा फेरि १ प्रतिशतले बढेपछि आजका लागि पूरै कारोबार बन्द भएको हो।

आइतवार नेप्से ८४.५६ अंक बढेर १४७९.०३ बिन्दुमा पुगेको छ। आज एक सय ११ कम्पनीका एक लाख ८० हजार कित्ता शेयर ६ करोड २५ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्। 

पुनर्बीमा कम्पनीको २ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आजको बजारमा २२ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.