घटनामा संलग्न दुवै युवक फरार, खोजी जारी

|

सर्लाही : लालबन्दीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना शुक्रबार सार्वजनिक भएको छ। होटलमा काम गर्ने लालबन्दी नगरपालिका–६ की १४ वर्षीया किशोरीलाई विवाहको प्रलोभन देखाई बलात्कार गरिएको खुल्न आएको छ। 

किशोरीमाथि बलात्कार गर्ने लालबन्दी नगरपालिका–७ का २५ वर्षीय सुमन विश्वकर्मा र लालबन्दी–६ का २६ वर्षीय रामबहादुर पराजुली फरार छन्। यही असार ५ गते राति किशोरीलाई लालबन्दी बजारस्थित फेसबुक होटलमा लगेर बलात्कार गरेको खुलेको छ।

२५ वर्षीय विकले पीडित किशोरीलाई काठमाडौं लगी विवाह गर्ने प्रलोभन देखाई ५ गते राति साढे ११ बजे होटलमा पुर्‍याएका थिए। 
किशोरीलाई होटलमा पुर्‍याई भोलि काठमाडौं जाने र त्यसपछि विवाह गर्ने भन्दै दुई किशोरले होटलमै विवाह हुने खुसियालीमा केक काटेर खानुका साथै किशोरीलाई चिसाे पिलाएका थिए। 

चिसो खाएको केही मिनेटमा नशा लागेको जस्तो भएको र त्यसपछि आफूलाई विवाह गर्ने प्रलोभन देखाएका युवक र उनका साथीले पालैपालो जबरजस्ती गरेका पीडित किशोरीले बताएकी छन्। 

पीडितको जाहेरी लिएर घटनामा संलग्न भई फरार रहेका दुवै युवकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.