|

सर्लाही : सागरनाथ वन विकास परियोजनाको जग्गामा अनाधिकृत रुपमा निर्माण गरिएका ८० वटा टहरा भत्काइएको छ।

परियजनाको स्वामित्वमा रहेको बागमती नगरपालिका–५ टेकानीमा निर्माण गरिएको टहरा आइतबार भत्काइएको हो। सुकुम्बासीको नाममा अन्यले जग्गा अतिक्रमण गरी टहरा निर्माण गरेकाले भत्काइएको सागरनाथ वन विकास परियोजनाका प्रमुख जितेन्द्र कर्माचार्यले बताए।

परियोजनाको जग्गामा छरप्रष्ट रुपमा घर बनाई बसेका सुकुम्बासीलाई वडा नम्बर ५ टेकानी र वडा नम्बर ४ को जिरायतमा गत वर्ष नै एकीकृत वस्ती बसाइएको छ। परियोजनाको सहमतिमा बागमती नगरपालिकाले नगरभित्र जग्गा नभएका सुकुम्मासी परिवारलाई १८ धुरको दरले घडेरी वितरण गरेको थियो। उक्त क्षेत्रमा ३०० सुकुम्वासी परिवारले घर बनाएर बसोवास गर्दै आएका छन्। 

सुकुम्बासीको एकीकृत वस्तीबाहेकको जग्गामा परियोजनाले तारबार गरी मसला, टिक र अमलाको बिरुवा रापेको परियोजनाका प्रमुख कर्माचार्यले बताए। त्यही जग्गामा केही दिन यता स्थानीयले आफू खुशी टहरा बनाउने र बालीनाली लगाउने गरेकाले टहरा भत्काइएको उनको भनाइ छ। कर्मचार्यका अनुसार जनप्रतिनिधिको मिलेमतोमा अन्यत्र घरजग्ग भएकाले रातारात वनको जग्गामा अतिक्रमण गरी टहरा बनाएकाले जग्गा खाली गरिएको दाबी गरे।

केही राजानीतिक दलका नेता कार्यकर्ताले आफ्नो स्वार्थ पूरा गर्न पटक पटक वस्ती बसाउने बहानामा आफू खुशी जग्गा वितरण गरी टहरा बनाउन लगाएको स्थानीयहरु बताउँछन्। जग्गा वितरण गर्दा जनप्रतिनिधिले आफ्नो नातेदार र पैसा लिएर जग्गा दिने गरेको स्थानीयको आरोप छ। तर, सुकुम्बासीलाई जग्गा वितरण गर्ने क्रममा आर्थिक चलखेल नभएको र वास्तविक सुकुम्बासी पहिचान गरी प्रत्येक घरपरिवारलाई १८ धुर जग्गा वितरण गरेको वडा नम्बर ५ का अध्यक्ष कृष्णबहादुर वाइबा बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.