समाज

गण्डकीमा बाढी पहिरोबाट ७८ जनाको मृत्यु

फाइल फोटो
साउन १२, २०७७

    कास्की : गण्डकी प्रदेशमा यस वर्ष मनसुन सुरु भए यता बाढी पहिरोबाट ७८ जनाको मृत्यु भएको छ। तीमध्ये ४० महिला र ३८ जना पुरुष छन्। 

    प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गत वैशाख महिनादेखि प्राकृतिक विपत्तिमा परी आठजना बेपत्ता छन् भने ६८ घाइते भएका छन्। प्रदेशका ११ जिल्लामध्ये बाढी पहिरोबाट म्याग्दीमा सबैभन्दा बढीले ज्यान गुमाएका छन्। म्याग्दीमा १६ महिला र १५ जना पुरुषको मृत्यु भएको छ भने चार महिला बेपत्ता छन्। 

    त्यसैगरी तनहुँमा आठ महिला र तीन पुरुषको मृत्यु तथा एक बेपत्ता छन्। कास्कीमा पाँच पुरुष र पाँच महिला गरी बाढी पहिरोबाट १० जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए। लमजुङमा एक महिला तथा तीन पुरुष, स्याङ्जामा एक महिला र चार पुरुषको मृत्यु तथा एक पुरुष बेपत्ता छन्। गोर्खामा एक महिला एक पुरुषको मृत्यु तथा अर्का एक पुरुष बेपत्ता छन्।

    पर्वतमा छ महिला र तीन पुरुषको मृत्यु भएको छ भने नवलपरासी पूर्वमा एक महिला र एक पुरुषले ज्यान गुमाएका छन्। बाग्लुङमा एक महिला र एक पुरुषको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन्। प्रदेशका मनाङ र मुस्ताङमा भने हालम्म प्राकृतिक विपत्तिका घटनाबाट मानवीय क्षति नभएको बताइन्छ। 

    कास्कीमा सात महिला र पाँच पुरुष गरी १२ जना पहिरोमा परी घाइते भएको प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिए। त्यसैगरी लमजुङमा ११ महिला र १२ पुरुष गरी २३ तथा म्याग्दीमा छ महिला सात पुरुष गरी १३ जना घाइते छन्। स्याङ्जामा आठ पुरुष र दुई महिला, तनहुँमा तीन महिला तथा चार पुरुष, पर्वतमा एक पुरुष र बागलुङमा एक/एक महिला पुरुष बाढी पहिरामा परी घाइते भएको कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]