|

कैलाली : अछाम घर भएका एक युवकले बर्दिया ठाकुरबाबा नगरपालिका-४ सैनवार क्वारेन्टाइनमै आत्महत्या गरेका छन्। उनी दुई दिनअघि भारतबाट आएर कैलाली हुँदै बर्दिया पुगेका थिए। अछामको बन्नीगढी गाउँपालिका घर भएका रामबहादुर साउद ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमा दुई दिन बसेको ठाकुरबाबाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिए।

उनले क्वारेन्टाइन पछाडिको रूखमा तन्नाको पासो लगाएर आत्महत्या गरेको  रिजालले बताए। भारतको राजस्थानबाट आएका युवक ठाकुरबाबामा आफन्तकहाँ गएका थिए। आफन्तले क्वारेन्टिनमा बस्नुपर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई क्वारेन्टिनमा लगेको रिजालले बताए।

पिसिआर रिपोर्ट पोजेटिभ 

आइतबार मात्रै उनको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको र आज सोमबार उनको रिपोर्ट पोजेटिभ आएको अधिकृत रिजालले जानकारी दिए। नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापनको तयारी गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.