|

सिन्धुपाल्चोक : कोरोना महामारीबाट सिन्धुपाल्चोक मुक्त भएको छ। सोमबार एकजनाले कोरोना जितेसँगै सिन्धुपाल्चोक कोरोनामुक्त भएको हो। यहाँका ६३ जना कोरोना संक्रमणबाट निको भएका छन्।

गत बैशाख १ मा बाह्रबिसे–९ राम्चेकी एक सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनी कोरोना संक्रमणबाट मृत्यु हुने नेपालको पहिलो व्यक्ति हुन्। उनीसँगै सिन्धुपाल्चोकमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई छ। गत साता पाँचपोखरी गाँउपालिकाका एक पुरुषको ललितपुरको पाटन अस्पतालमा निधन भएको थियो।

‘जिल्लाभर हालसम्म ६५ जनामा संक्रमण देखियो। तीमध्ये दुईजनाको मृत्यु भएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले भने,  ‘अरु ६३ जनाले कोरोना जितेर घर फर्किएका छन्।’ 

प्रमुख चापागाईंले हाल सिन्धुपाल्चोकमा कोरोना संक्रमित शून्य रहेको बताए। आइसोलेसनबाट कोरोनामुक्त भई फर्किएका नागरिकहरु होम क्वारेन्टाइनमा सुरक्षित वसेका र स्थानीय स्वास्थ्यकर्मीबाट नियमित हेरचाह भएको उनले बताए। सिन्धुपाल्चोकमा शंकास्पद एक हजार ४४१ जनाको स्वाब परीक्षण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.